सुनको भाउ तोलामा ४ सय बढ्यो

६ श्रावण २०७७, मंगलवार १४:३६

काठमाडौं, सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ तोकेको छ। सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ। चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ। महासंघले आज (मंगलबार) का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ। चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो।