आज थप १८६ जना संक्रमित, कुल संक्रमितको संख्या १७ हजार ८४४ पुग्यो

५ श्रावण २०७७, सोमबार १७:४५

काठमाडौं , सोमबार १८६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज १८६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७ हजार ८४४ जना पुगेको छ ।

पछिल्लो पटक सोमबार १८६ जना संक्रमित थपिएका हुन् । यसैगरी, ११ हजार ८६८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो घण्टामा १७३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ४० जनाको मृत्यु भएको छ ।