खुमलटार बैठकको निष्कर्षः ओलीले एक पद छाड्नैपर्ने

५ श्रावण २०७७, सोमबार १५:५६

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग छलफल गर्नु भएको छ । प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी समिति सदस्यहरुसँग पनि यसै विषयमा छलफल गर्नु भएको थियो ।

लगत्तै सोमबार बिहान उहाँले पूर्वमाओवादी केन्द्रतर्फका स्थायी समिति सदस्यहरुसँग झण्डै तीन घण्टा छलफल गर्नु भएको हो । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्र देखिएको विवादको समाधान गर्न प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओली नै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ ।