
काठमाडौं , नजिकै आइरहेको हरितालीका तिजको अवसर पारेर गोरखा म्युजिकको प्रस्तुतीमा यही साउने सक्रान्तीको दिनबाट वरिष्ठ लोकदोहोरी गायिका शिवा आले कार्कीको मौलिक तिज गीत सार्वजनिक भएको छ ।
उक्त ‘बरीलै’ गीत अर्की वरिष्ठ गायिका बिमा कुमारी दुरा र आलेको मौलिक आवाजमा बजारमा आएको हो । साथै, गीतमा अर्का वरिष्ठ गायक बम बहादुर कार्की र जितकुमारी थापाको शब्द रचना र संगीत रहेको छ ।
हुम गैरेको निर्देशनमा तयार भएको गीतको भिडियोलाई बसन्त महर्जनले छायांकन गरेका हुन् । त्यस्तै, सोही भिडियोमा निर्देशक गैरे र लक्ष्मी कार्कीको अभिनय रहेको छ भने गायिका शिवा आले पनि देखिएकी छन् । कभर डिजाइन सुन्दर श्रेष्ठले गरेका हुन् ।
बम बहादुर कार्की कै युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।
