
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताबीचको छलफल बिना निष्कर्ष सकिएको छ। पार्टीको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा जुटनु भएको थियो ।
बुधबार अध्यक्षद्वयबीचको छलफलमा पार्टीका वरिष्ठ नेता नेपाललाई पनि राखेर पुनः छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राखेकाले नेपाल पनि सहभागी हुनु भएको हो ।
