
काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधानका लागि आज पनि शीर्ष नेता छलफलमा जुटेका छन्।
केही दिनयता एक्ला एक्लै छलफल गर्दै आएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन नसकेपछि आज वरिष्ठ नेता माधवकुमार नेपाल पनि बैठकमा सहभागी हुनुन्छ ।
तीन नेताबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनु भयो ।
