नेकपा अध्यक्षद्वयबीच करिब ३ घण्टा भेटवार्ता

३१ असार २०७७, बुधबार १६:३७

काठमाडौं, आज पनि करिब ३ घण्टा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीसंगको छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे ११ बजे बालुवाटार पुगनु भएको थियो । त्यसपछि सुरु भएको अध्यक्षद्धयको एक्लाएक्लै भेटबार्ता अहिले दिउँसो करिब साढे २ बजे सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनु भयो ।