उद्योग वाणिज्य संघमा ढकाल समूहको उम्मेदवारी घोषणा

३१ असार २०७७, बुधबार ०८:५३

काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनमा हुने ५४औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी साथ आफ्नो टिम घोषणा गरेको छ । वर्तमान उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष ढकालले हिजो मंगलबार राजधानीमा आफ्नो समूहका अन्य उपाध्यक्षको उम्मेदवारी घोषणा गर्नु भएको हो ।