
काठमाडौं , पूर्व मन्त्री एवम् तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा गरेको व्यवहारबारे उल्लेख गर्नु भएको हो । मेरो आदर्श स्खलित भएको दिन ! शीर्षक राखेर उहँले लेखेको स्टाटसमा एकदिन पोखरा एअरपोर्टमा क प्रचण्ड र क बाबुरामसँग भीआइपी कक्षमा रहेका बेलाको प्रसंग उठाउनु भएको छ । उहाँले लेखनु भएको छ , मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जाबोध भएछ क्यारे ! मुन्टो निहुराएर कुरा गर्नुभो ! मैले सुनिरहे ! म अलि पर थिएँ। सारमा लगाउन,खान र चल्न नजान्ने भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो
