नयाँ बसपार्कमा भएको आगलागीमा १२ वटा माइक्रोबसमा क्षति

२१ असार २०७७, आईतवार १०:२१

काठमाडौं , काठमाडौंको नयाँ बसपार्कमा भएको आगलागीमा १२ वटा माइक्रोबसमा क्षति पुगेको छ। प्रहरी वृत गोङ्गबुका प्रमुख प्रहरी निरीक्षक सन्तोष दाहालका अनुसार ग्यारेजमा रोकि राखेका माइक्रोबसमा आगलागी भएको हो। आगलागीबाट १२ वटा माइक्रोबसमा क्षति पुगेको छ। आगलागीको कारण अहिलेसम्म नखुलेको र यसबारे अनुसन्धान भइरहेको छ प्रहरीको भनाइ छ।