मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु

८ असार २०७७, सोमबार १०:४८

चितवन , चितवनमा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा आइतबार राति १ बजेतिर उक्त दुर्घटना भएको हो । कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका अन्दाजी ३२ वर्षीय पुरुषलाई भरतपुर अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार विहान २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।