काठमाडौं , रुकुम घटनामा आधारित नयाँ गीत ‘जात’रिलिज भएको छ । र्यापमा आधारित सो गीतमा जातको आधारमा भेदभाव नगर्न आग्रह गरिएको छ । ललित पौडेलको शब्द रहेको गीतमा गायक प्रताप दास, चिरञ्जीवी सापकोटा र प्रविन भट्टको आवाज रहेको छ ।
ओम सुनारको संगीत रहेको गीतको भिडियो गायक सापकोटा स्वयंमले निर्देशन गरेका हुन् ।गीतमा पत्रकार रविन्द्र सुवेदी, अभि सुनार र गीता ढुंगानाको अभिनय रहेको छ ।