आज थप ४२६ जनामा कोरोना पुष्टि, कुल संख्या ८,२७४ पुग्यो

५ असार २०७७, शुक्रबार १७:०४

काठमाडौं , आज शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४२६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८,२७४ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार ४२६ जना संक्रमित थपिएका हुन् । यसैगरी, १४०२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट २२ जनाको मृत्यु भएको छ ।