एकैदिन थपिए सुदूरपश्चिममा २२४ कोरोना संक्रमित

५ असार २०७७, शुक्रबार ०९:३९

काठमाडौं , एकै दिन सुदूरपश्चिममा २२४ कोरोना संक्रमित थपिएका छन् । योसँगै सुदरपश्चिम प्रदेशमा संक्रमितको संख्या ५९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १९९ जना, सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २४ जना र भेरि अस्पतालमा परीक्षण गर्दा एक गरि २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेशमा चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बिहीबारमात्रै कैलालीमा २५, कञ्चनपुरमा २०, अछाममा ३०, वैतडीका २५, बाजुराका ४१, डडेल्धुराका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१११ जना भने डिस्चार्ज भइसकेका छन् । सुदूरपश्चिमका विभिन्न क्वारेनटाइनमा ४० हजार ४७२ जना छन् । उनीहरु सबै भारतबाट फर्र्किएका हुन् । ११९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।