
प्युठान , गाई काटेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको प्युठान नगरपालिका ६ लम्छ्याङमा गाई काटिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा प्युठान नगरपालिका– ६ लम्छ्याङका झुपा सिंह रोकामगर, देवी घर्ति र भवि पुन रहेको प्रहरीले जनाएको छ । अहिले उनिहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पौडेलले बताउनु भयो ।
