यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

२८ जेष्ठ २०७७, बुधबार ११:३८

कालिकोट , कालिकोटमा करिब ५० जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको छ । टिपरले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै थियो ।

जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रासकोट नगरपालिकाको क्वारेन्टाइनमा लाँदै थियो। कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिए ।

टिपरमा करिब ५० जना यात्रु रहेको शाहीले बताए। उनका अनुसार केही यात्रु हाम फालेर नदीमा खसेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ । करिब ३० भन्दा धेरै हराइरहेको अनुमान गरिएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । दुर्घटनाको बिस्तृत विवरण आइसकेको छैन्। स्रोतः अन्नपूर्ण