संक्रमितको कुल संख्या ४०८५ पुग्यो

२७ जेष्ठ २०७७, मंगलवार १७:४३

काठमाडौं , मंगलबार थप ३२३ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ३२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ४०८५ जना पुगेको छ । पछिल्लो पटक मंगलबार ३२३ जना संक्रमित थपिएका हुन् । यसैगरी, ५८४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । साथै, यही संक्रमित मध्येबाट १५ जनाको मृत्यु भएको छ ।