प्रधानमन्त्री निवास अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरी हस्तक्षेप

२७ जेष्ठ २०७७, मंगलवार १३:४२

काठमाडौँ , प्रधानमन्त्रीको सरकारी निवास नजिकै वडा कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेको हो। निषेधित क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ।

झडपका क्रममा प्रहरीले लाठी पनि हानेको छ। त्यसक्रममा विवेकशील नेपाली दलका उज्ज्वल थापालाई सामान्य चोट लागेको बताइएको छ । प्रदर्शनकारीहरुले कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट मात्रै गर्न, कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्न, क्‍वारेन्टाइनहरु व्यवस्थित र सुरक्षित बनाउन माग गरेका थिए। उनीहरुले सबै नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका थिए।