अर्घाखाँचीमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु

२४ जेष्ठ २०७७, शनिबार १५:३५

अर्घाखाँची, ट्याक्टरले किच्दा अर्घाखाँची जिल्लाको शितगंगामा एकजनाको मृत्यु भएको छ। बालुवा झारेर अमराई जाँदै गरेको लु३त ४३७३ नम्बरको ट्याक्टरले किचेर शितगंगा ४ गोर्थुमका ४२ वर्षीय रामु विकको मृत्यु भएको हो। शुक्रबार दिउँसो ठाडा बर्बोटनजिकै घुम्टीमा भएको दुर्घटनामा घाइते भएका विकको ठाडा प्राथमिक स्वास्थकेन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको थियो। उपचारको क्रममा राति नै विकको बुटवल चौराहा अस्पतालमा मृत्यु भएको बताइएको छ । चालक र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको छ।