
काठमाडौं , दैलेखमा एकैदिन १०५ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बिहीबार एकैदिन १०६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिष्ठान प्रयोगशाला प्रमुख विवेक पुन मगरले एक विज्ञप्तिमार्फत बिहीबार १०६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भएको छ । संक्रमितमध्ये दैलेखका मात्रै १०५ जना रहेका छन् । यस्तै, मुगुका १ जना रहेका छन् ।

