मुख्यमन्त्री पोखरेलको प्रश्नः आफुखुशी बजार खोल्दा कोरोना फैलिए कसले जिम्मा लिने ?

२२ जेष्ठ २०७७, बिहीबार १५:३३

काठमाडौं , व्यापारीहरुले आफुखुशी व्यवसाय सञ्चालन गर्न थालेकामा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि ब्यक्त गर्नु भएको छ ।

उहाँले आफुखुशी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गर्नु भएको छ ।

क्वारेन्टिन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) समुदायमा नफैलिएको पोखरेलको दावी छ ।

‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड १९ समुदायमा फैलिएको छैन।आफुखुसी बजारखोल्दा समुदायमा फैलिए त्यस्को जिम्मा कस्ले लिने ? गम्भीर बनौ उहाँले फेसबुकमा लेखनु भएको छ ।
सरकारले कोरोना भाइरस महामारी रोक्न चैत ११ देखि लकडाउनलाई निरन्तरता दिँदै आएको छ ।