जेठ २५ भित्र कर तिर्नु पर्ने सरकारी उर्दी अमानवीय र गैरजिम्मेवारीः नेता बोहरा

२१ जेष्ठ २०७७, बुधबार १६:०५

काठमाडौं , पूर्वमन्त्री एवं राप्रपा नेता दीपक बोहराले लकडाउनका बेला जेठ २५ भित्र कर तिर्नु पर्ने सरकारी उर्दीलाई अमानवीय र गैरजिम्मेवारी भएको बताउनु भएको छ ।
बुधबार सामाजिक सञ्जाल मार्फत नेता बोहराले सरकारको उक्त उर्दीलाई बाध्यात्मक र धम्कीपूर्ण भन्नु भएको छ । नेता बोहरा लेखनुहुन्छ –‘लकडाउनका कारण व्यवसाय ७२ दिन देखि ठप्प छ । तर सरकारले जेठ २५ भित्र कर तिर्न बाध्यात्मक र धम्कीपूर्ण सुचना दिएको छ । सरकारको कदम अमानवीय, गैरजिम्मेवार र व्यबसायको हित विपरीत छ ।

लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न, रोजगारी सिर्जना गर्न सरकार व्यबसायी मैत्री हुनैपर्छ– सच्याऔ।’ यसअघि अर्थमन्त्रालयले बुधबार नै एक सूचना प्रकाशित गर्दै जेठ २५ भित्र कर तिर्न र नतिरे जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो ।