मधेसवादी दल झै कांग्रेस पनि भारतकै गोटीः युवा नेता रिजाल

१५ जेष्ठ २०७७, बिहीबार १६:१३

काठमाडौं , नेकपाका युवा नेता राम प्रसाद रिजालले भारतले मिचेको नेपाली भूमि फिर्ता लिने महान ऐतिहासिक क्रान्तिकारी सरकारको कदम र नक्सालाई बैधानिकता दिन प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्न भन्दै समय माग गर्नुको कारण के हो भन्दै प्रश्न गर्नु भएको छ ।

आयो खवर संग कुरा गदै नेता रिजालले यो घटनाक्रमले कांग्रेस सभापति शेर बहादुर देउवाको असली राष्ट्रवाद उदांगो भएको आरोप लगाउनु भयो । नेता रिजालले मधेसवादी दल झै कांग्रेस पनि भारतकै गोटी भएको प्रमाणित हुदैं गएको उल्लेख गर्नु भयो । नेपालको संविधान २०७२ जत्तिको समानुपातिक समावेशी र उत्पिडीत वर्ग महिला लगाएतलाई अधिकार मधेसवादी दलले नदिएको संसोधनको नाटक कहिले सम्म ? भन्दै उहाँले प्रश्न गर्नु भयो ।