
शान्ति सिग्देल,
राजतन्त्रको अन्त्यसँगै गणतन्त्र घोषणा भएको १२ वर्ष पुगेर १३ वर्ष लागेको छ । मुलुकको विकास र जनताको आर्थिकस्तर माथि उठाउने भन्दा पनि नेताहरु आफ्नै स्वार्थमा केन्द्रीत भएको देख्न सकिन्छ । लोकतान्त्रिक गणतन्त्र पूर्णरुपमा व्यवहारमा लागु हुन सकेको अवस्था छैन। देशले बिकास र समृद्धिको बाटोमा जति फड्को मार्नुपर्ने थियो त्यो सकेन। जनताले जति आशा गरेका थिए त्यस अनुसारको उपलब्धी हासिल हुन सकेको छैन ।
अब गणतन्त्रको संस्थागत विकाससँगै नागरिकको जीवन रुपान्तरणका लागि राजनीतिक दल र तिनका नेताहरुले आफूलाई रुपान्तरण गर्नु आवश्यक छ। व्यवस्था बदल्लिएको छ , तर प्रवृत्ति बदल्लिएको छैन । अहिले पनि पुरानै प्रवृत्ति छ । यति बेला कोरोना भाइरसका कारण विश्व लकडाउनमा छ। श्रमजीवी जनताहरु खान नपाएर छटपटाईरहेका छन । नागरिकले गणतन्त्र व्यवस्थाको अनुभूति गर्न पाएका छैनन्। हिजो युद्धमा हजारौंले ज्यान गुमाए, सयौं नागरिक वेपत्ता छन्। धेरै अंगभंग भए। दोस्रो जनआन्दोलनमा पनि धेरैले ज्यान गुमाएका थिए । आखिर जनताले के पाए ? आज पनि लाखौंको संख्यामा युवाहरु रोजगारीको खोजीमा विदेशिएका छन्। राजनीतिक दलहरु अव सच्चिनुपर्छ। पुरानै प्रवृत्तिका कारण जनतामा निराशा देखिएको छ । देशमा उत्सवको वातावरण पटक्कै छैन । १३ औं गणतन्त्र दिवसको सवैलाई शुभकामना ।
