आज देशका केहि स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

१३ जेष्ठ २०७७, मंगलवार ०९:३८


काठमाडौँ , मंगलबार देशका केही स्थानको मौसममा बदली भई मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागका केहि स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज दिउँसोपछि देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमी पहाडी भूभागहरुमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राति पनि देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रहने र पश्चिमी पहाडी भूभागका केही स्थानमा बदली भई मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।