कोरोना संक्रमित संख्या ६८२ पुग्यो

१२ जेष्ठ २०७७, सोमबार १७:०८

काठमाडौं , सोमबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या ६८२ जना पुगेको छ भने ११२ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

साथै, यही संक्रमित मध्येबाट चार जनाको मृत्यु भएको छ । आज बिहान एकैपटक ७२ जनामा कोरोना पुष्टि भएको थियो भने अपरान्ह ६ जना संक्रमित थपिएका हुन् ।