
काठमाण्डौं , छत्रदेव गाउँपालिकाले राय सुझाव संकलन गर्ने सम्वन्धी सुचना जारी गरेको छ । कोरोना भाइरसको संक्रमण कोभिड -१९ को कारण नियमित कार्यक्रम अन्तर्गत गाउँपालिका द्धारा आ.व. २०७७ /०७८ को नीति , कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रयोजनको लागी बिभिन्न पक्षहरु सम्मिलित अन्तरक्रियात्मक गोष्ठिहरु आयोजना गरी राय सुझाव संकलन गर्न असम्भव भएकाले सुझाव संकलन जेष्ठ २० सम्ममा आई पुग्ने गरी सम्पूर्ण छत्रदेव बासी र अन्य महानुभावहरुमा पालिकाले अनुरोध गरेको छ । प्रमुख प्रसाशकीय अधिकृत खिमानन्द भुसाल द्धारा जारी गरिएको सुचनामा उक्त कुरा उल्लेख गरिएको छ । यस्तो छ सूचना

