
राम प्रसाद रिजाल, युवा नेता, सत्तारुढ नेकपा,
राष्ट्रभाषा नेपालीलाई लत्याएर हिन्दीमा संसदमा वोल्न होडबाजी गर्ने मधेसवादी दलहरूलाई म प्रश्न गर्न चाहान्छु । भारतको संघीय संसदमा कसैले नेपालीमा बोलेको थाहा छ ?
भारतका वरिष्ठ पत्रकार आनंद स्वरुप बर्माले भारत एक चर्चित टेलिविजन आजतक अन्तर्गतको रेडियोमा कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताएका छन । नेकपाको नेतृत्वको सरकारले नक्सामा समेटिएको भारतले मिचेका भुभागहरु फिर्ता लिएरै छोड्ने छ । एक मधेस एक प्रदेशको नारा वा ऐजेण्डामा अडिग भएका मधेसवादी दलहरूको विगतलाई हेर्दा र सरिता गिरीको अभिव्यक्तिले निक्कै प्रश्नहरु जन्मिएका छन ।
भट्टराईजीलाई मातृभूमि भन्दा भारतको लगानी सहयोग गुम्ने डरको चिन्ता छ । बाबुराम भट्टराईले सरकारको नयां नक्सा नेपालको मिचिएको भुभाग समेटेर बनाएको विषयमा दिएको छट्पटी सहितको अभिव्यक्ति र खुसी हुन नसक्नुले बाबूरामजी भारतका गोटी भएको प्रमाणित भएको छ । ऐतिहासिक कदमको विरोध गर्ने र खुसी हुन नसक्नेहरु राष्ट्रवादी हुन सक्दैनन् । सरिता गिरीले संसदमा दिएको अभिव्यक्ति बारे नव गठित जनता समाजवादीका नेताहरु मौन हुनुले वाबुराम भट्टराई ,उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, हरुको असली राष्ट्रवाद घाम जस्तै छर्लंग भएको छ । नेकपाको नेतृत्वको सरकारले काला पानी लिपुलेक र लिम्पियाधुरा समेटेर नंक्सा बनाएको र त्यसलाई संविधान संशोधन गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ को अनुसुची ३ अन्तर्गत निशान छाप परिवर्तन गर्ने निर्णय ऐतिहासिक र का्न्तिकारी भएको छ ।
