
काठमाडौं , भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु आफ्नो नेपाली भुमि फिर्ता ल्याउनुपर्छ भन्दै गीतमार्फत जुर्मुराएका हुन् । चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न आम नेपालीलाई एक हुन आग्रह गरेका छन् ।
विश्व कोरोना भाइरस संक्रमणको त्रासमा रहेको बेला बिगत लामो समयदेखि नेपाल–भारत सीमाना विवाद भइरहेको अवस्थामा हालै ‘हाम्रो माटो’ बोलको देशभक्तिले भरिएको गीत सार्वजनिक भएको हो । यस महामारीको बेलामासमेत भारतले नेपाली भूमि मिच्दै भारतले सडक निर्माण गरेर नेपालीमाथि गरेको प्रहारलाई गीतमार्फत पोखिएको छ ।
