राप्तीमा कोरोना बाट बच्न संकट ब्यवस्थापन समितिको निर्णय मान्न सबैमा अनुरोध

७ जेष्ठ २०७७, बुधबार १६:४१

तिर्थराज ज्ञवाली
मसुरीया देउखुरी दाङ,

दाङ जिल्लाको राप्ती गाउँपालिकाले आफ्ना नागरिकहरुलाई पछिल्लो संकट ब्यवस्थापन समितिको निर्णय लागु गर्न अनुरोध गरेको छ ।
जेष्ठको ७ गते सम्म आईपुग्दा कोरनाको भयावह अवस्थावाट सुरक्षित रहन सबै नागरिकले महत्वपुर्ण भुमिका खेलेकोमा धन्यवाद दिदै थप सर्तकता अपनाउनका लागि अनुरोध गरेको हो ।
राप्ती गाउँपालिकाका नागरिकलाई बन्दाबन्दीको समयमा अनावस्यक रुपमा घर बाहिर ननिस्कन अनुरोध गरिएको छ । कोरोना संक्रमणको जोखीम न्युनिकरण गर्न गाउँपालिका तथा वडा कार्यालय बाट प्रदान गरिने अत्याबस्यक सेवा बाहेक अन्य सेवा हाललाई बन्द गरिएको ले अत्यावस्यक कामको लागि गाउँपालिकाको कार्यालय वा वडा अध्यक्षहरु संग समन्वय गर्नहुन समेत अनुरोध गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भएको छ ।
पछिल्लो समयमा गाउँपालिका बाट हाल कुनै पनि सवारी पाँस उपलब्ध नगराईको ले नागरिकले गाउँपालिका सम्म आउन कष्ट नगर्न र वडा स्तरमा भईरहेका सार्वजनिक तथा ब्यक्तिगत निर्माणका कार्यमा बढिमा १० जना सम्म जनशक्ति मार्फत स्वास्थ्य मापदण्ड पुरा गरी कार्य गर्नुपर्ने साथै एक वडा वाट अर्को वडामा श्रमिकहरु ओसार पसार गरि सार्वजनिक तथा ब्यक्तिगत निर्माणकार्य बन्देज गरिएकोे गाउँपालिलकाले निर्णय गरेको समेत प्रवक्ता विद्याशरण चौधरीले बताउनु भएको छ ।


लकडाउनका कारण संघ संस्था, प्रदेश तथा स्थानिय तहवाट प्राप्तहुने श्रोतको सुनिश्चितता नभएकोले हाल लाई नयाँ सम्झौत समेत बन्द गरिएको र लकडाउन अवधिमा वडा समिति संग अनुमति नलिई वा अनावस्यक रुपमा टोल टोलमा बाटो बन्द गर्ने कार्य गर्न मनाहि गरिएको साथै स्थानिय तरकारी, एम्वुलेन्स, दुध बोक्ने सवारी, कार्यालयमा आवत जावत गर्ने कर्मचारीको सवारी साधन लाई सबैले सहजीकरण गरिदिन सबैमा गाउँपालिलकाले अनुरोध गरेको छ ।
कोरोना बाट डराउने होईन धैर्य, सचेत र जिम्मेवारी बनौं, भारत तथा राप्ती गाउँपालिका बाहिरवाट आएकाहरु अनिवार्य रुपमा क्वारेन्टाईनमा बसौ भन्ने आब्हानका साथ लकडाउनको अवधिमा कालोबजारी, मुल्यबृद्धि तथा कृतिम अभाव सिर्जना गरेको पाईएमा कानुन अनुसार कारबाही गरिने र राप्ती क्षेत्रका बजारहरु जिल्ला प्रशासन कार्यालय र राप्ती गाउँपालिकाको निर्णय अनुसार आईतवार मंगलवार र शुक्रवार खोलीने भएको हुदा सामाजिक दुरी कायम गरि सुरक्षित रहि सामान खरिद विक्रि गर्न समेत गाउँपालिकाले अनुरोध गरेको प्रवक्ता विद्याशरण चौधरीले बताउनु भएको छ ।