
काठमाडौं , वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएको भन्दै एक हुल युवाले डा कार्की सवार गाडीलाई रोकेर उनीमाथि दुर्व्यवहार गरेका थिए ।
चिकित्सकलाई दुर्व्यवहार गर्ने युवक उत्तम कार्की भएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंकै चन्द्रागिरिबाट पक्राउ गरिएको छ ।
