लकडाउन मात्र कोरोना रोकथाम होइन कि ?

३ जेष्ठ २०७७, शनिबार १९:२६

शान्ति सिग्देल
चितवन , कोरोनाले चाडै आक्रमण गर्ने भनेको ७० बर्ष माथिका वृद्धबृद्धीहरुलाई हो । त्यस्तै कोरोनाले चाडै आक्रमण गर्ने भनेको धेरै मोटोपन भएकालाई ,क्यानसर रोगि ,श्वासप्रश्वास रोगि र अन्य कुनै रोग भएका ब्यक्तिहरुलाई हो । यस्ता खालका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर अरु युवाहरूलाई काम गर्न दिने कि ? यो मेरो सुझाव हो । नत्र ति बुद्धा बृद्धीहरुलाई कसले पाल्छ ? रोगिलाई नि औषधी खुवाउनै प-र्यो ।बाल बच्चालाई खुवाउनु प-र्यो । कहाँबाट ल्याएर खुवाउने ? काम गर्न नपाएपछी अन्तिम बिकल्प भनेको चोरी दकैती र आत्माहत्या हुन जान्छ र देशमा कोरोनाको भन्दा अपराधि कार्य धेरै हुन सक्छ । यो बारेमा सरकार गम्भीर हुन जरुरी छ । र अर्को कुरा देश यस्तो संकटमा परेको बेलामा एक पार्टीले अर्को पार्टीको बिरोध नगरी आफ्नो- आफ्नो ठाँउबाट सहयोग गर्दा राम्रो होला कि ?