थप दुई जनामा कोरोना पुष्टिः संक्रमितको संख्या २७८ पुग्यो

३ जेष्ठ २०७७, शनिबार १७:१७

काठमाडौं , नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शनिबार थप दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।

प्रवक्ता देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २७८ पुगेको देवकोटाको भनाइ छ ।