आज मदन–आश्रित २७ औं स्मृति दिवस

३ जेष्ठ २०७७, शनिबार १५:३७

काठमाडौं , आज मदन–आश्रित स्मृति दिवस। तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २६ वर्ष पूरा भएको छ। यसै अवसरमा नेपाल कम्युनिष्ट पार्टीले २७ औँ स्मृति दिवस मनाउन लागेको छ। कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम भने यसपालि हुने छैन। भण्डारी र आश्रितको ०५० जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो।