
काठमाडौं , झापा प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौँ आउनका लागि सवारी पास उपलब्ध गराएको छ। बिहिबार नै पास उपलब्ध गराएको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनु भयो । बिहीबार सवारी पास खारेज गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिकले चर्को विरोध गरेका थिए। पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका हुन् । झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यही बसेका थिए।
