
काठमाडौं , प्रादेशिक अस्पतालका एक चिकित्सक बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापिस्ट ३५ वर्षीय डा राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
झापाकी एक २८ वर्षीया महिलालाई पटक–पटक बलात्कार गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका ती डाक्टर पक्राउ परेको बताइएको छ ।
झापा घर भई जनकपुर बस्दै आएकी महिलाले आफुलाई पटक–पटक जवरजस्ती करणी गरेको प्रहरीमा उजुरी दिएपछि डा मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
