५७ जनामा संक्रमण पुष्टिः कोरोना संक्रमितको संख्या १९१ पुग्यो

३० बैशाख २०७७, मंगलवार १५:४६

काठमाडौं , नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अब यो सहित कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।

कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले बताउनु भयो ।