कडाउनका कारण दैनिक ३ लाख लिटर दूध खेर गयो

३० बैशाख २०७७, मंगलवार १२:११

काठमाडौं, कडाउनका कारण दैनिक ३ लाख लिटर दूध खेर गएर दैनिक डेढ करोड रूपैयाँको नोक्सानी भएको भन्दै सहकारीहरूले राहतको माग गरेका छन् ।

सोमबार संघीय संसद्को अर्थसमितिको बैठकमा सहकारी अगुवाहरूले उत्पादन बिक्री नहुँदा निकै समस्या भएको बताएका छन् ।

कोराना नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण सहकारी क्षेत्र निकै प्रभावित भएको राष्ट्रिय सहकारी महासंघ नेपालले जनाएको छ । बन्दाबन्दी खुलेपछि पनि तरलताको अभावले अधिकांश सहकारी समस्यामा पर्ने महसंघको दाबी छ ।

महासंघले अर्थ, कृषि र भूमिसुधार मन्त्रालयको ध्यानाकर्षण गराइसकेको छ । संसदीय समितिको बैठकमा महासंघले आफूहरूका समस्याबारे ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष मीनराज कँडेलले बताए । उनले भो, ‘मुख्यगरी कृषि तथा बचत सहकारी मारमा परेका छन्, उत्पादन बिक्री भएको छैन । बैङ्कको किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा सदस्यहरू पुगेका छन् ।’

महासंघका अनुसार दूधमा दैनिक डेढ करोड रुपैयाँ नोक्सानी छ । ६ लाख किलो चिया खेर गएको छ भने २ हजार मेट्रिक टन मह उत्पादन रोकिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।