प्रदेश पांच कोरोनाको हटस्पट बन्दै रुपन्देही, कपिलवस्तु र बर्दियामा थप १३ जनामा संक्रमण

२९ बैशाख २०७७, सोमबार २१:२४

बुटवल । रुपन्देही, कपिलवस्तु र बर्दियाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभुमि ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक नगरपालिका ६ का २४, २७, २६, ३० र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तैगरी वर्दिया राजपुर ५ निवासी एक ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

अब नेपालमा कूल संक्रमितको संख्या १३४ पुगेको छ।