आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना

२९ बैशाख २०७७, सोमबार १३:०४


काठमाण्डौ , आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको हो । यो प्रणाली कमजोर भएकाले मौसम खुल्दै गएको छ ।

तर दिउँसोपछि स्थानीय वायु सक्रिय भएपछि फेरि मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको मौसमविद् प्रधानाङगको भनाई छ । आज पहाडका धेरै र तराईका थोरै ठाउँमा पानी पर्ने पनि उहाँले जानकारी दिनुभयो ।