
काठमाडौं , बरिष्ठ साहित्यकार , लेखक तथा गीतकार डा डिआर उपाध्यायले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक भएको बताउनु भएको छ ।
नेपाली भूमीमा भारतले एकतर्फी सडक निर्माण गर्दा सरकार बेखवर जस्तै बन्नु दुखद कुरा भएको डा उपाध्यायले सामाजिक सञ्जाल मार्फत बताउनु भएको हो ।
उहाँले नेपाली भूमिमाथि गरिएको अतिक्रमणको निन्दा गर्नु भएको छ । नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्र राज्यमाथि भारतीय नाङ्गो हस्तक्षेप भएको उहाँको भनाई छ ।

