दुई तिहाइको सरकारले राम्रो काम गर्न सकेन्ः राजेन्द्र महतो

२६ बैशाख २०७७, शुक्रबार १८:५४

काठमाडौं , जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले देशको लागी कुनै पनि राम्रो काम गर्न नसकेको बताउनु भएका छ ।

प्रतिनिधि सभामा मन्तव्य राख्दै नेता महतोले सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको आरोप लगाउनु भयो ।

महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको आरोप लगाउनु भयो ।

उहाँले राजपालाई फुटाउन सरकार नै लागि परेपनि आफूहरुले उल्टै पार्टी एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको बताउनु भयो ।