
काठमाडौं , विराटनगरस्थित कोसी अस्पतालको (कोभिड १९ उपचार केन्द्र) को आइसोलेसनमा रहेका उदयपुर भुल्केका थप ८ जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको सोमबारदेखि लगातार तीन पटक गरेको स्वाब परीक्षण रिपोर्टमा बिहीबार नेगेटिभ देखिएपछि उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिएको हो। एकजना भारतीयसहित सात जना नेपालीलाई डिस्चार्ज गरिएको विराटनगर कोभिड अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिनु भयो ।
