
बाँके, स्थानीय प्रशासनले कोरोना भाइरस संक्रमित भेटिएको नेपालगञ्जमा शुक्रबारदेखि चार घण्टा अत्यावश्यक सामग्री खरिद बिक्री गर्न दिएको छ। सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्याश्यक सामान खरिदका लागि निषेधित क्षेत्रलाई खुकुलो गरेको हो। तर, भीडभाड हुने तर, त्रिभुवनचोक, विपीचोक र रानीतलाउको सब्जीमण्डी नखुल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनु भयो । सब्जीमण्डीमा अति भीडभाड हुने भएकोले अर्को निर्णय नहुँदासम्मका लागि बन्द रहने भएको छ।
