जंगली च्याउ खाँदा एकजनाको मुत्यु

२६ बैशाख २०७७, शुक्रबार १२:२०

संखुवासभा , सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ। जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा २४ वर्षीया मनिला राईको मृत्यु भएको हो। जंगली च्याउ खाएर बिरामी भएकी मनिलाको गए राति उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनु भयो ।