स्थायी कमिटी बैठकका लागि आन्तरिक गृहकार्य पुगेनः अध्यक्ष दाहाल

२५ बैशाख २०७७, बिहीबार १६:५०

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक बस्न नसकेको बताउनु भएको छ । आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

अध्यक्ष दाहालले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल सकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताउनु भयो । संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो ।