कोरोना नेगेटिभ देखिए मात्रै संसद बैठकमा प्रवेश गर्न पाउने

२५ बैशाख २०७७, बिहीबार १४:२४

काठमाडौं, अब कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ देखाएर मात्रै संघीय संसदका कुनै पनि सदस्य संसद बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् । विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा पनि प्रतिदिन बढ्दै जान थालेपछि अबदेखि बस्ने कुनै पनि संघीय संसदका सदस्य बैठकमा कोरोनाको परीक्षण गरेर मात्रै प्रवेश गर्न पाउने नियम लागू गरिएको हो ।

सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोनाको पीसीआर परीक्षणको रिपोर्ट देखाएर मात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय गरेको छ । बिहीबार पीसीआर परीक्षण भएका सांसदहरुको रिपोर्ट ढिलोमा शुक्रबार विहानसम्म आइसक्ने र सो रिपोर्ट देखाएर मात्र सांसदहरुलाई बैठकमा प्रवेश गर्न दिइने सहमति भएको छ । संघीय संसदका दुवै सदनका सांसदहरुको कोरोना परीक्षण भइरहेको छ ।