काठमाडौंका सडक सुधार्न गगन थापाले दिनु भयो मन्त्रीलाई यस्ता सुझाव

२५ बैशाख २०७७, बिहीबार १३:४७

काठमाडौं , नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले काठमाडौंका सडक सुधार्न भौतिक पूर्वाधार मन्त्रीलाई आफ्नो तर्फबाट सुझाव दिनु भएको छ । उहाँले आगामी आर्थिक वर्षको कार्यक्रममा काठमाडौं उपत्यकाको सन्दर्भमा चारवटा सुझाव दिनु भएको हो । सांसद थापाले भौतिक पूर्वाधार विकास मन्त्रीलाई पत्र लेखेर सुझाव दिनु भएको हो । ‘यातायात प्रणालीको गुरुयोजना, फुटपाथ निर्माण तथा विस्तार आयोजना, सडक निर्माणको ठेक्का प्रणालीमा परिवर्तन र सवारी प्रदूषण परीक्षणका लागि निजी क्षेत्रसँग साझेदारी’ थापाले पूर्वाधार विकासमन्त्रीलाई लेखेको सुझाव पत्रमा उल्लेख छ।