‘वर पिपलु’ गीतको भिडियो सार्वजनिक

२४ बैशाख २०७७, बुधबार १७:००

काठमाडौं , चर्चित गायिका मेलिना राई र गायक श्रीकृष्ण बम मल्लको आवाजमा ‘बर पिपलु’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायत्री थापाको शब्द रहेको छ भने गायक तथा संगीतकार बमको संगीत रहेको छ ।

साथौ, भिडियोमा हाँस्य कलाकार सागर लम्साल ९बले० र यांग्सु श्रेष्ठको अभिनय छ । त्यस्तै, क्रान्ति केसीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीको छायांकन रहेको छ । शिव दर्शन फिल्मसले गीतको भिडियो बजारमा ल्याएको हो ।