बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा

२४ बैशाख २०७७, बुधबार १६:०२

काठमाडौं , सरकारले बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै विदा दिने निर्णय गरेको हो । गृहको बिज्ञप्तिमा भनिएको छ,“बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमाचण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।”